Quantcast
Channel: Kalakarmi.com
Viewing all articles
Browse latest Browse all 863

प्रति तोला १७ सय रुपैयाँले बढ्यो सुन

$
0
0

काठमाडौं– शुक्रवार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला १७ सय ले बढेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको छ ।

यसअघि बिहिवार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Viewing all articles
Browse latest Browse all 863